१५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी (तस्विरसहित)

दक्ष खबर 13091+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौँ । १५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ । 

बुधवार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । 

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् । 

मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । 

शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउदै आएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार