अशाेक बन्जारा
१ वैशाख २०८२, सोमबार

यिनलाई त बोलेरै दङ्गाउने हो

दङ्गिनपाए यिनीहरू रगतै झिकेर दिन्छन् । 

त्यसैले तँ कुटेजस्तो म रोएजस्तो गरौँ 

यिनकै  रगतले यिनकै घाउ धोएजस्तो गरौं

पछि त्यसले  हाम्रै सपनाहरू रङ्गाउने हो। 

रङ्गाउन रगत नै चाहिन्छ रगतलाई 

तर यिनिहरूको बुद्धिमा बुद्ध बसेको छ

 त्यसैले तँ बुद्धलाई बुद्धु भन र हत्यालाई क्रान्ति,

क्रान्ति भनेपछि यिनिहरू टाउको नै झिकेर दिन्छन्  

त्यसले पछी हाम्रै बिपनाहरू सजाउने हो ।

हत्यालाई युद्ध चाहिन्छ युद्धलाई दुश्मन

 तर यिनीहरू शान्त बसेका छन् ।

त्यसैले तँ शान्तिलाई लाचार भन् अनि भाइलाई दुश्मन,

दुश्मन भनेपछि यिनीहरू भाइ नै मारेर दिन्छन्  

त्यसले पछि हाम्रै महल बनाउने हो ।

दुश्मनिलाई फुट चाहिन्छ फुटाउनलाई झुट 

तर यिनीहरू जुटेर नै बस्छन्

 त्यसैले तँ फुटाउने गुट र बखेडा बना 

पढाउन झुटको अखाडा बना

 अनि हिजो सबै झुट भनेर पढाउनु पर्छ 

यिनलाई त्यही अखाडाका कुस्तीबाज बनाएर लडाउनुपर्छ,

त्यसमा पनि बाजी लगाएर हामीले कमाउने हो ।

थाहा पाउलान् फेरि होश पनि पुर्‍याउनु पर्छ 

एउटा मार्दा अर्काको जीत भनेर सुर्‍याउनु पर्छ 

जीत भनेपछि यिनीहरु ऋत नै हाे भन्ठान्छन् 

त्यसैले तँ रित टुट्न हुँदैन भन् अनि मर्नुलाई बलिदान

 त्यो हेरेर सधैँ हामीलाई  

हाँसिरहन काम लाग्छ, 

त्यो हेरेर सधैँ हामीलाई

नाचिरहन काम लाग्छ ।


प्रतिक्रिया

Ashok Banjara १ वैशाख २०८२, सोमबार

Thankyou for the correction

Ashok Banjara १ वैशाख २०८२, सोमबार

mathilo ma buddhi ma buddha ho tara duddhi ma buddhu bhayeachha. बुद्धिमा बुद्ध hunu parne ho

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै