काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आगामी जेठ ९ गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सुचना जारी गर्दै परीक्षा तालिका समेत सार्वजनिक गरेको हो ।
बोर्डले साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समुह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड र सामाजिक दुरीको पालना गरि परीक्षा सञ्चालन गर्न सुचना प्रकाशित गरेको हो ।
बोर्डले सार्वजनिक गरेको सुचना अनुसार जेठ ९ गतेबाट परीक्षा सञ्चालन गर्ने र पहिलो दिन मंगलबार अंग्रेजी र बुधबार नेपाली विषयको परीक्षा सञ्चालन गर्न विद्यालयहरूलाई बताएको छ । (परीक्षा तालिका )
https://www.neb.gov.np/uploads/photos/AnFprMHmRJ230425072314.pdf