काठमाडौँ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित तेस्रो मेयर कप कराते प्रतियोगिताको शुरूवात भएको छ ।

आज आयोजित एक समारोहका बिच नयाँ बस्तीमा रहेको लर्डस लाईट एकेडेमीमा बाग्मती प्रदेश सभा, प्रदेश मामिला समिति सभापति एवं प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा खेलको समुद्घाटा गरिएको हो ।
आज विभिन्न चरणका खेलहरू सम्पन्न भएका थिए । खेलकुद प्रतियोगितामा विभिन्न तह र तप्काका व्यक्तिहरूलाई समावेश गरि करातेलाई अगाडि बढाउन आवश्यक रहेको गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति संयोजक सञ्जय लामाले बताउनुभयो ।
विभिन्न देशहरुमा अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी हरुलाई देश र नगरपालिकाको नाम उच्च राखेको भन्दै सम्मान गरिएको थियो । प्रतियोगिताको बिहिबार समापन हुनेछ ।