
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा ४४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

२८ भाद्र २०८०, बिहीबार


काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले शैक्षिक कार्यक्रम अन्तरगत कक्षा ११ मा अध्यायनरत छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ। समितिले नगरपालिकाको वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ४४ जना छात्रछात्रालाई छात्रवृत्तिका लागि श्रावण मसान्तसम्म आवेदन माग गरेको थियो ।
आवेदनका लागि काठमाडाैँ महानगरको ६ नं वडाभित्र रहेका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई श्रावण ११ गते आवेदन आव्हान गरिएकामा निर्धारित समय भित्र ६७ जना छात्रछात्राको आवेदन परेको थियो ।
बौद्धनाथ क्षेत्र भित्रका विद्यार्थीहरु आर्थिक अभावका कारण कोहि पनि विद्यार्थीले उच्च माध्यमिक तह सम्मको शैक्षिक अवसरबाट बन्चित हुन नपरोस भन्ने हेतुले श्री बौद्धनाथ क्षेत्र विकास समितिको शिक्षा सम्बन्धी छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०८० अनुसार समितिमा रीतपूर्वकदर्ता हुन आएका ६७ जना विद्यार्थीहरु मध्ये ४४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्थापन उप समितिको छनौटमा प्रतिवेदन अनुसार श्री बौद्धनाथ क्षेत्र विकास समितिको मिति २०८० साल भाद्र २४ गतेकोको बोर्ड बैठकको निर्णय बमोजिम निम्न विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन स्वीकृत गरिएको सार्वजनिक सुचना मार्फत समितिले जानकारी गराएको छ ।
