काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले प्रतिनिधसभाको सांसद् पद निलम्बनसम्बन्धी कानुन विपरीत सभापति लामिछानेलाई निलम्बन गरिएको जिकिर गर्नुभयो ।