
युवापुस्तादेखी वृद्धासम्मको रोजाईमा 'Samsara Fitness & Health Center'

२१ चैत्र २०७९, मङ्गलबार
काठमाडौँ । जीवनमा स्वास्थ्य रहने ईच्छा सबैलाई हुन्छ । कति मानिसहरू दैनिक जीवनमा स्वास्थ्य मस्त र व्यस्त रहन चाहान्छन् त कति मानिसहरू दैनिक जीवन यापनमा पनि अनेकौं समस्याहर झेलीरहेका हुन्छन् । जीवनमा स्वास्थ्य रहन आवश्यक छ र रहनु पनि पर्छ ।
यसैबीच पछिल्लो समय कतिपय मानिसहरू आफ्नो व्यस्त समयबाट केही समय निकालेर फिटनेस सेन्टर धाउने गरेका छन् । पछिल्लो समय विहान र बेलुका विशेषगरी युवाजमातहरू फिटनेस सेन्टर धाउने गरेको देखिन्छ ।
यसैबीच युवाजमातमा लोकप्रिय रहेको फिटनेस सेन्टर हो काठमाडौँको पशुपति भिजनको चौथो तलामा रहेको समसारा फिटनेस एण्ड हेल्थ सेन्टर 'Samsara Fitness & Health Center' । जहाँबाट पशुपतिनाथ मन्दिरको दृष्य नियाल्दैँ विभिन्न उमेर समुहका युवायुवतीहरू व्यायाममा रमाउछन् । त्यसैले यहाँ बिहानैदेखि भिडभाड देख्ने गरिन्छ ।
उहाँका अनुसार समसारा फिटनेस सेन्टरमा पछिल्लो समय युवाजमातको उल्लेख रूपमा सहभागीता रहेको र उनीहरूको आवश्यकता अनुसारको मेसिनहरू सञ्चालकले व्यवस्थापन गरिरहेको श्रेष्ठले बताउनुभयो ।
करिव पाँच करोडको लगानीमा सञ्चालित रहेको फिटनेस सेन्टरमा विभिन्न किसिमका सेवा सुविधाहरू उपलब्ध रहेका छन् । उक्त फिटनेस सेन्टरमा सोना, स्ट्रिम, बाथ, ज्याकुजी, मसाज लगायतका फिटनेसका विभिन्न किसिमहरू उपलब्ध रहेको सञ्चालनको भनाई रहेको छ ।
विशेषगरि युवाभन्दा युवतीहरूलाई फिटनेस सेन्टरले ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । जसकारणले पनि युवाको तुलनामा युवतीहरू उक्त फिटनेस सेन्टरमा बढी धाउने गरेको श्रेष्ठले बताउनुभयो । आफ्नो व्यस्त समयका बाबजुद पनि उल्लेख मात्रामा सर्वसाधारणहरू फिटनेस सेन्टर धाउने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समय मानिसहरू पैसा खर्च गरेर पनि आफ्नो शरिरमा परीवर्तन, तौल घटाउँन, स्वास्थ्य रहन, तौल बढाँउन, शरीरलाई फूर्तिलो बनाउँन र जगिङ गर्न पनि फिटनेस सेन्टर धाउने गरेका छन् । सहरको व्यस्त बाटो जसमा पनि चारैतिर घरैघर भएकाले र कार्यालयमा दिनभर व्यस्त रहनु पर्ने भएकाले पनि मानिसहरू आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त बनाउन पनि पछिल्लो समय फिटनेस सेन्टर धाउन आवश्यक रहेको सर्वसाधारणहरू बताउँछन् ।
युवादेखि वृद्धासम्मको रोजाईमा पर्नुले पनि समसाराको अस्तित्व र महत्त्वलाई उल्लेख रूपमा प्रस्तुत गरेको छ । कतिपय मानिसहरूमा व्यायाम वा फिटनेस सेन्टर धाउदाँ धाउँदै पनि छिट्टो शरीरमा परिवर्तन नदेखिने समस्यालाई लीएर हामीले गरेको प्रश्नमा सञ्चालक सोहन श्रेष्ठ,'कतिपय मानिसमा आज जीम गयो भोलि या पर्सि आफ्नो बढि बनिसक्नु पर्ने भन्ठान्ने गरेको पाईन्छ । तर, खासमा यस्तो नभए निरन्तर रूपमा व्यायाम गर्दै गएमा मात्र शारीरिक परिवर्तन आउने बताउनु हुन्छ ।'
करिव १९ वर्षको उमेरदेखि व्यायाम गर्दै आइरहनु भएका श्रेष्ठ पछिल्लो समय युवायुवतीदेखि वृद्धसम्म फिटनेस सेन्टर धाउने गरेको बताउनुहुन्छ । दिनको २ घण्टा रेगुरल रूपमा फिटनेस सेन्टरमा व्यायाम गर्नाले केही महिनामै शरिरमा परिवर्तन आउने उहाँ बताउनुहुन्छ ।
कोभिड पछि मानिसहरूमा फिटनेस सेन्टर धाउनेहरू अधिक रूपमा बढेको श्रेष्ठ बताउनुहुन्छ । सामान्य परिस्थितिको समय भन्दा विशेष किसिमको समयमा फिटनेस आवश्यक रहने श्रेष्ठले बताउनुभयो ।
