अमृत झैँ छ मिठो वचन तिम्रो ॥

तहलाउछ यो मनलाई छिटो ॥
यो मन नमाझि हुदैँन भरे ॥
स्वच्छ मन नभै सुख छैन भरे ॥
मनका शुभ भाव अनेक थरी ॥
तिम्रो निर्मल ज्योतिको विकास गरि ॥
आफ्नो आँसुको भुटनमा मलाई पारेर ॥
अहिले काहांँ गयौं एक्लै छाडेर ॥
मिठो बोली वचन तिम्रो ॥
सबैभन्दा राम्रो जोडी थियोे हाम्रो ॥
कहिले बोलेनौँ तिमीले चाम्रो ॥
सम्बन्ध के थियो हाम्रो ?
तिमीलाई नदेख्दा अतालिँदै सोधेछु ॥
लाखौंको भिडमा तिमीलाई रोजेछु॥
मन विभेद हटाउँछ यो ॥
त्यसतो तिखो छैन सियो झैँ यो ॥
तिमीले छाडेपछि कसरी निरोगी हुने ॥
कसलाई कोलाएर यो मन शान्ति दिने ॥
अब सब भुलाउँछु म ॥
मणितुल्य जीवनलाई निदोषी बनाउछु म॥
तिम्रा ती मह झैँ मिठो वह पार्छ पिठो ॥
अब तिमी बिना यो जिवनमा हुदैन याद मिठो ॥
हाम्रो यो जोडी सधैभरि ॥
अमर रहन्छ मुनामदन सरि॥
अर्को जुनि एउटै हुनुपर्छ ॥
यो जुनि मा त सम्झना मा नै जीवन बिताउनु पर्छ ॥
एक्लै पारेर गयौं तिमीले छाडेर ॥
भन्लान् साराले छुटेछ जोडी गएछ माया मारेर ॥