रिभेरा इन्टरनेशनल एकेडेमीकाे २५औँ बार्षिकोत्सवको अवसरमा नाटक ‘घरको माया’ मञ्चन

दक्ष खबर 12604+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडाैँ । रिभेरा इन्टरनेशनल एकेडेमीले आफ्नो २५औँ बार्षिकोत्सवको अवसरमा गुरुकुल नाटक घरमा नाटक ‘घरको माया’ मञ्चन गरेको छ।

रिभेरा इन्टरनेशनल विद्यालयका अभिनय सदनका विद्यार्थीहरुद्वारा उक्त नाटक मञ्चन तथा तयार गरिएको हाे । नाटक कक्षा १० काे नेपाली पाठ्यक्रममा समावेश भिमनिधि तिवारीद्वारा लिखित एकाङ्की नाट्क ‘घरको माया’  मन्चन गरिएकाे हाे ।


तत्कालीन परिवेसमा आधारित सो नाटकको बिषयवस्तु अहिलेको परिपेक्षमा पनि सुहाउँदो रहेको छ । कमाइका लागी भारतको रेल स्टेसनमा कुल्ली काम गर्ने मितको कथा नाटकले बोलेको छ ।

सो नाटकको रुपान्तरण  तथा निर्देशन रङकर्मी प्रभाकर न्यौपानेले गर्नेुभएकाे हाे । नाटक फागुन ३ र ५ गते मञ्चन गरिएको थियो । नाटकमा कक्षा ५ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुले अभिनय गरेका थिए ।

अभिनय गर्ने विद्यार्थीहरु रोमन, आरुषी, प्रतिक, प्रायुषा, अध्येता, अग्रता, श्रृष्टी, संकल्प, नितेष, बैकुण्ठ, फिओना, सोजल, अध्ययन, रोल्याण्ड, जेसिका, आस्था, अनुष्का, आरोन, रोविन लगायतले विभिन्न भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार