काठमाडाैँ । नेकपा एमाले सांसद वासुदेव घिमिरेले स्थानीय तहको पुनःसंरचना आवश्यक भएको बताउनुभएको छ ।प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु रहेको भन्दै यसले राज्यलाई ठूलो आथिक भार परेको बताउनु भयो । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रश्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिने बताउनु भयो । प्रश्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनःसंरचना आवश्यक देखिन्छ । हालको अवस्थामा कुल ७५३ स्थानीय तहहरु छन् । जसले राज्यलाई ठूलो आर्थिक भार पारेको छ । आगामी निर्वाचनसम्म कुल ५०१ स्थानीय तहको प्रश्ताव कार्यान्वयन गर्नसके वार्षिक झन्डै ३० अर्बसम्मको व्ययभार कटौती गर्न सकिन्छ । प्रश्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिकाको १५, नगरपालिका २२५, गाउँपालिका २५१ गरी ५०१ वटाको संरचना निर्माण गर्न जरुरी छ । हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव छ ।’
उहाँले हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव रहेको बताउनु भयो । न्युज एजेन्सी नेपाल