नक्कली प्रहरीको भेषमा न्युरोडका व्यापारी ठग्दै श्याम सुन्दर यादव

दक्ष खबर 8815+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौँ । प्रहरी सेवाबाट जागिर छोडेका एक पूर्व प्रहरीले प्रहरी हुँ भन्दै न्यूरोडका व्यवसायीहरूलाई ठग्ने गरेको पाइएको छ । उनले आफु  हाल पनि बहालबाला प्रहरी नै रहेको बताउदैँ व्यवसायीहरूलाई विभिन्न बहानामा ठग्ने गरेको पाइएको हो ।

उनले व्यापारीहरूलाई विभिन्न बहानामा पैसा ठग्ने तथा जम्मा भएको रकम न्युरोडमा मचान गल्लीमा पसल भएका प्रमोद गुप्ता मार्फत ब्याजमा लगाउने गरेको व्यापारीहरू बताउँछन् । 

उनको विशेषगरि कपडा व्यापार रहेको छ । त्यो सँगसँगै उनि विभिन्र हुन्डी कारोबार तथा व्यवसायीहरूलाइ थर्काएकाे गरेको पाइएको छ  ।

जागिर छोडेको वर्षौ हुदाँ पनि नक्कली प्रहरीको भेषमा उनको ठगी धन्दा दिन दुईगुना र रात चौगुना बढिरहेको व्यवसायीहरू बताउछन् ।  श्याम सुन्दर यादव नाम गरेका उनी आफुलाई जागिरे भन्दै व्यवसायी लुटनमा तल्लिन रहेको एक व्यापारीले बताए । 

न्युरोडका एक व्यवसायीका अनुसार उनले पसल पसल गएर खोइ बिल देखा राजस्वमा भन्दिम, बोलाम भनेर दुख दिने गरेको बताएका छन् ।

उनि न्युरोडको मचान गल्लिमा अधिकांश समय बिताइरहेका हुन्छ्न् । व्यापारीदेखि भरिया यादवबाट निकै शोषित भएको व्यापारीहरूको गुनासो रहेको छ ।

प्रतिक्रिया

RJ bro २३ माघ २०८०, मङ्गलबार

Masaga Gali vaniko Chora Gali ho

Newa prem २२ माघ २०८०, सोमबार

Pakrera latta le hane vaihaltyo ni kasko baato kurirako ni satto haru

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार