काठमाडौँ । जय श्री साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाले १६औँ साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल रहनुभएको थियो भने, अतिथिमा राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय गोंगबु प्रमुख विष्णु गिरी रहनुभएको थियो । त्यस्तै, नेफ्स्कून फिल्ड कार्यालय गोंगबु प्रमुख प्रकाश अधिकारी, नेफ्स्कून फिल्ड कार्यालय न्युरोड प्रमुख श्री खिलराज लुईटेल, ज्येष्ठ शेयर सदस्य श्री कृष्णलाल मानन्धर, कानूनी सल्लाहकार सन्तोष भट्ट लगायत सल्लाहकार विदुर खड्का रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै दिनेश आचार्यले, करिव ७०० भन्दा बढि शेयर सदस्यहरूलाई एकैठाउँमा उपस्थित गराएर यस्तो भव्य कार्यक्रम साधारण सभा गर्न पाउनु बचत कर्ताहरूले देखाउनुभएको विश्वास रहेको बताउनुभयो ।
त्यस्तै, संस्थाले २०८१ सालमा एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई सम्मान गरेको थियो । त्यस्तै, उत्कृष्ट बचत कर्ता एक जना, उत्कृष्ट मासिक बचत कर्ता दुई जना, सफल व्यवसायी दुई जना, संस्थाको वर्षको उत्कृष्ट कर्मचारी एक जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थिति अतिथिहरूले शुभकामना ब्यक्त गर्नुहुदैँ आगामी दिनहरूमा पनि सहकारी संघ संस्थाहरूलाई सबैले उत्तीकै साथ सहयोग र विश्वास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले,' संस्थाको गतिविधि र कार्य उन्नतिका कुराहरू राख्दै आगामी दिनमा संस्थालाई अझै कसरी बलियो बनाउन सकिन्छ भन्ने तर्फ अग्रसर रहनुभएको थियो ।
त्यस्तै, संस्थाको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष गोविन्द प्रसाद निरौलाले प्रस्तुत गर्नु भएको थियो भने, लेखा समितिका संयोजक विष्णु प्रसाद पाण्डेयले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका प्रबंधक गोसन बहादुर राउतले भावी कार्ययोजना पेश गर्नुुहुदैँ संस्थालाई अग्रणी रूपमा अगाडि बढाउने र संस्था लाई अझ धेरै मजबूत बनाउने अठोट लिनुभएको थियो ।
यस कार्यक्रमको प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले संस्थाले समयमा नै साधारणसभा गरेको र हालको अवस्थामा पनि संस्थाको प्रतिवेदन मूल्यांकन गरी संस्थाको प्रसंशा गर्नुका साथै निर्धक्क भएर सदस्यलाई बचत गर्न सल्लाह दिनुभयो ।
साथै, संस्थाले नयाँ शेयर सदस्यलाई स्वागत एवं सम्मान समेत गरेको थियो । संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति चन्द्र श्रेष्ठले कार्यक्रमलाई समापन गर्दै संस्थालाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिकामा पु-याएकोमा सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । उक्त कार्यक्रमको संचालक संस्थाका सचिव रोजन राईले बताउनुभयो ।