स्किल एड्भान्स आइटी नेेपालद्वारा नि:शुल्क रूपमा आइटि कोर्सहरू सञ्चालन

दक्ष खबर 15668+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौँ । स्किल एड्भान्स आइटी नेेपालले गरिब, जेहेन्दार, विद्यार्थी तथा विभिन्न उमेर समुहका मानिसहरूलाई नि: शुल्क रूपमा आइटी सँग सम्बधित कोर्सहरू सिकाइरहेको छ । सामाजिक सञ्जाल ग्रुप स्किल एड्भान्स आइटी नेपालले विभिन्न उमेर समुहका ब्यक्तिहरू लक्षित विभिन्न कोर्सहरू सञ्चालन गरिरहेको हो । 

सामाजिक सञ्जालबाट जोडिएका ब्यक्तिहरूको समुहले, समाजमा रहेका विभिन्न क्षेत्रका मानिसहरूलाई शिक्षित एवं दक्ष जनशक्तिका रूपमा विकास गर्न सिप सिकाइरहेको  सामाजिक सञ्जाल ग्रुप स्किल एड्भान्स आइटी नेपालका संस्थापक सरोज बजगाईंले बताउनुभयो । 

उहाँले,"देशमा चरम बेजोरगारी रहेको र काम पनि नपाइने समस्या रहेको हुदाँ विभिन्न उमेर समुहका ब्यक्तिहरूलाई लक्षित गरेर सिप सिकाउन आवश्यक रहेकाले यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।"

उहाँले हाल ,एच टी एम एल, सी एस एस, जाभा स्प्रिड, ग्राफिक डिजाइन, फोटोसभ, इलिस्टेटर, क्यान्भा (HTML, CSS, JavaScript, React, Python, Django, Graphic, Design) लगायतका विभिन्न कोर्सहरू सञ्चालन गरिरहेको बताउनुभयो । 

हाल गुगल मिट मार्फत विभिन्न कोर्सहरू सञ्चालन गरिरहेको र अनलाइनका माध्यमबाट नै सबै कोर्सहरू सिक्न सकिने उहाँले बताउनुभयो । यी कोर्सहरू विभिन्न समयमा कोर्स नसक्किउनजेल सम्म सञ्चालन गर्ने तयारी रहेको संस्थापक बजगाईंंले बताउनुभयो । साथै यो सुविधा दिर्घकालिन समय सम्म सञ्चालन गरिरहने उहाँले बताउनुभयो।

https://docs.google.com/forms/d/e/1FAIpQLSeE_6Udi9yK5Ct11RgcIL9SjlffcH4U0fNgEhvOYlOvSPrVbw/viewform?usp=sf_link

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार