‘कोहि कोहि’ गीत सार्वजनिक (भिडियोसहित)

दक्ष खबर 16188+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

काठमाडौँ । ‘कोहि कोहि’ गीत सार्वजनिक भएको छ । हाइ टेकको प्रस्तुतिमा रहेको गीतमा प्रताप दास र सदीक्ष्या कट्टेलको स्वर रहेको छ । 

गीतमा शब्द रचना सरला श्रेष्ठ र लक्ष्मण पोखरेको रहेको छ भने, संगीत लक्ष्मण पोखरेलको रहेको छ । एरेन्ज सञ्जीव बराइलीको रहेको छ भने, रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन्। गीतको मिक्सिङ र माष्टरिङ किशोर थापाले गरेका छन्।

गितको भिडियोमा प्रभात पल ठकुरी र बीना राउतको अभिनय रहेको छ । सार्वजनिक गीतको निर्देशन सुब्रत आचार्य ले गरेका हुन् भने जया शर्मा क्रियटिभ डिरेक्टरको भूमिकामा रहेकी छन् । कोरियोग्राफी रोशन बीकेको रहेको छ भने, रेकिशा खत्री सहायक कोरियोग्राफरका रूपमा रहेका छन् । उक्त गीतको छायांकन उत्तम हुमागाईंले गरेका हुन् भने, सम्पादन बिकाश दाहालले गरेका छन् ।

भिडियोको छायांकन लामाटारस्थित इन्द्रेणी होलिडे रिसोर्टमा गरिएको हो । यस गीतमा डान्स को-ओर्डिनेटर हरि अधिकारी, सहायक निर्माण शुभराज कार्की, मेकअप ज्योति केसी, र पब्लिसिटी डिजाइन साई को ले सम्हालेका छन् ।

https://youtu.be/JN3tcmWjsLY?si=7MKa44jZJCsmYZoc

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार