काठमाडौँ । काठमाडौँ महानगरपालिका तथा ज्यापु महागुथि नेपा:द्वारा आयोजित सांस्कृतिक कार्यक्रमको समापन गरिएको छ । अन्तराष्ट्रिय संङ्गित दिवसका अवसर पारेर गतवर्ष जेठ २७ गते खुल्लामञ्चमा आयोजित नेपाल अर्केष्ट्रा ११४३ का अवसरमा प्रस्तुत दिएका बाजाका कलाकारहरूलाई सम्मान गर्दै यस कार्यक्रमको समापन गरिएको हो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रमको समुद्घाटन गर्नुहुदैँ बाजा गाजाको संरक्षणमा काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि ल्याइरहेको बताउदैँ यसमा सम्पूर्ण कलाकारहरूलाई सहभागी भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
उहाँले, संस्कृति, सम्पदा र बाजागाजा भनेको सधैं अमूर्त रहने भएकाले यस्को संरक्षणमा हामी सबै लाग्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, ' सम्पदा विभागले कलाकारको जिविकोपार्जन हुने गरि बाजागाजा एवं रितिरिवाजहरूको जगेर्ना गर्दै काठमाडौँ महानगरपालिका अगाडि बढिरहेको बताउनुभयो । '
उहाँले, कार्यक्रमको मर्यादा र ऐतिहासिकता सबैले अवलम्बन गर्न आवश्यक रहेको बताउदैँ आगामी दिनमा पनि काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा अर्केष्ट्रा आयोजना गर्ने बताउनुभयो ।
त्यस्तै, ज्यापु महागुथि नेपालका अध्यक्ष राजभाई जक: मि महर्जनले कार्यक्रमको ऐतिहासिकता सम्पूर्ण देश तथा विदेशमा रहेका मानिसहरूलाई सार्वजनिक मञ्चबाट एकैपटक चार सय बढि कलाकारहरूको प्रस्तुति दिन पाउँदा आफुहरू कृतज्ञ रहेको बताउनुभयो ।
उहाँले, आगामी दिनमा सम्पूर्ण कलाकारहरूले यस किसिमको कार्यक्रमलाई अगाडि बढाउन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल अर्केष्ट्रा ११४३ पुस्तक लोकार्पण गरिएको थियो भने, विभिन्न बाजागाजाका चार सयबढी कलाकारहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
नेपाल अर्केष्ट्रा ११४३ अन्तराष्ट्रिय संगित दिवसका अवसरमा २०८० साल जेठ २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुखातिथ्यतामा खुल्लामञ्चमा सम्पन्न भएको थियो ।