अख्तियार दुरूपयोग अनुसन्धानद्वारा डा. प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

दक्ष खबर 15672+ समाचार ( )
११ आषाढ २०८०, सोमबार




काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन (पूर्व) सदस्य सचिव डा. प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उहाँविरूद्ध अव‌ैध सम्पत्ति आर्जन गरेको आरोपमा  भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

ढकाल विरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ अवैध सम्पत्ती आर्जन गरेको आरोप लषाएको छ । 

अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार