कलाशी प्रोडक्शनको प्रस्तुति तथा सुन्दर धितालको निर्देशनमा नाटक 'समयको पीडा' मञ्चन हुने

दक्ष खबर 15672+ समाचार ( )
९ पौष २०८०, मङ्गलबार

काठमाडौँ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक 'समयको पीडा' मञ्चन हुने भएको छ । नाटक आगामी  माघ १० गतेबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन हुन लागेको हो । 

कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताउनुभयो । नाटकमा रोजगारी लागि नेपालबाट विदेसिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा  समाजेश गरिएको धितालले बताउनुभयो ।

कथा कक्षा नौको अनिवार्य नेपाली विषयमा समावेश 'समय पीडा' रहेको छ । माघ १० गतेदेखि २२ गतेसम्म नाटक मञ्चन हुने कलाशी प्रोडक्सन हाउसले जनाएको छ ।  

नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोराे), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार