काठमाडौँ । १६ दिने लौङ्गिक हिंसा विरूद्धमा दृश्य सादृश्यले कचहरी नाटक 'चुप' मञ्चन गर्ने भएको छ । ओरेक नेपाल सँगको सहकार्यमा दृश्य सादृश्यले नाटक 'चुप' बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा मञ्चन गर्ने भएको हो ।
'चुप' नाटकको लेेखकका रूपमा सालिकराम भण्डारी रहनुभएको छ भने, निर्देशकका रूपमा सरस्वती अधिकारी रहनुभएको छ ।
नाटकले बाल विवाह, लौङ्गिक हिंसा विरूद्धमा बोल्ने निर्देशक सरस्वती अधिकारीले बताउनुभयो । उहाँले, नाटकको तयारी अन्तिम चरणमा रहेको र नाटक आगामी १२ गतेबाट मञ्चन हुने बताउनुभयो ।
उक्त नाटकमा कलाकारकाहरू प्रभाकर न्यौपाने, उन्नत उप्रेती, अस्मिता ढकाल, शान्ति भट्टराई, दीपमाला परियार, प्रतिक दुलाल, सालिकराम भण्डारी र सरस्वती अधिकारी रहनुभएको छ । दृश्य सादृश्यले १६ दिने लौङ्गिक हिंसा विरूद्धमा कचहरी नाटक प्रस्तुत गर्दै आईरहेको छ ।