जयवागेश्वरी युवा क्लबको आयोजनामा नि:शुक्ल स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न

दक्ष खबर 16184+ समाचार ( )
२८ मंसिर २०८१, आइतबार

काठमाडौँ । जयवागेश्वरी युवा क्लबको आयोजनामा नि:शुक्ल स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, नेपाल भारत मैत्री अस्पताल, लायन्स क्लब अफ काठमाडौँ पशुपति नाथ, चिफ डायबेजीट, लायन्स जयन श्रेष्ठ एकजेएफ र काठमाडौँ महानगरपालिकाको सहकार्यमा जयवागेश्वरीमा नि:शुक्ल स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 


"शनिबार आयोजित कार्यक्रममा ५२ जना रक्तदाताले रक्तदान गर्नुभएको र करिब  एकसय जनाले स्वास्थ्य शिविरबाट लाभ लिनुभएको", जयवागेश्वरी युवा क्लबका अध्यक्ष रजिश श्रेष्ठले बताउनुभयो । उहाँले, "समाजमा रहेका सबै ब्यक्तिहरू सक्षम नहुने र  सामान्य स्वास्थ्य परिक्षणका लागि समेत अप्ठ्यारो हुने परिपेक्षमा सबैका लागी नि:शुक्ल स्वास्थ्य शिविर एवं चिसो समयमा रगतको अभाव हुने भएकाले खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।"

उहाँले, जयबागेश्वरी युवा क्लबले हरेक शनिबार बिहान ७:३० देखि ९ बजेसम्म स्वास्थ्य शिविरको आयोजना गरिरहेको र हरेक शनिबार फरक फरक विधाका डाक्टरहरूले स्वास्थ्य परिक्षण गरिरहनुको बताउदैँ नेपाल भारत मैत्री अस्पतालका डाक्टरहरूको सहभागी रहने बताउनुभयो । 


कार्यक्रममा जयवागेश्वरी युवा क्लबका अध्यक्ष रजिश श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा - ८ का वडा अध्यक्ष आशामान संगत, वडासदस्य सरस्वती राजभण्डारी, क्लबका निवर्तमान अध्यक्ष दिलिप वैद्य लगायत क्लबका पदाधिकारी सहित नेेपाल भारत मैत्री अस्पतालका डाक्टर, प्रतिनिधिहरू, लायन्सका विभिन्न तह र तप्काका ब्यक्तिहरू सहित अन्य स्थानीय ब्यक्तिहरूको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार