अन्तरविद्यालय बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्ज च्याम्पियन

दक्ष खबर 15668+ समाचार ( )
१७ पौष २०८१, बिहीबार

काठमाडौँ । चेल्सी वर्ल्ड स्कुलले अन्तरविद्यालय बास्केटबल र ब्रम्हकुञ्ज शिक्षा सदनले फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चेल्सी वर्ल्ड स्कुलको आयोजनामा चौथो अन्तर विद्यालय फुटसल र बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । गोकर्णेश्वरको अत्तरखेलमा माघ ७ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसलतर्फ यू-१० र यू-१३ उमेर समूहमा चेल्सी वर्ल्ड स्कुललाई पराजित गर्दै च्याम्पियन बन्यो । निस्ट स्कुलले फेयरप्ले अवार्ड पायो ।

फाइनलमा चेल्सीका नर्बु साङबो म्यानअफदी म्याच हुँदा ब्रम्हकुञ्जका विश्वास गिरी प्रतियोगिताको उच्च स्कोरर, चेल्सीका समृद्ध कुँवर उत्कृष्ट गोलकिपर र चेल्सीकै रेयन श्रेष्ठ प्लेयरअफदी टुर्नामेन्ट बने । यू-१० मा ड्याफोडिलले फेयर प्ले पायो ।

त्यस्तै, फाइभभीफाइभ बास्केटबलमा चेल्सीले चान्दबाघ स्कुललाई हराएर च्याम्पियन बन्यो । नेमोनिक स्कुल फेयर प्ले अवार्ड पायो । चेल्सीका तेन्जिङ खुसाङ शेर्पा फाइनलको म्यानअफदी म्याच बन्दा डेनिसा थाा मस्ट भ्यालुएबल खेलाडी बनिन् । थ्रीबाइथ्री बास्केटबलमा भने बाल दीक्षा सदनलाई हराउँदै बौद्ध इन्टरनेशनल स्कुलले बाजी मार्‍यो। त्यस्तै थ्रीबाइथ्री टिचर बास्केटबलमा मिल्स बेरी स्कुलले चेल्सीलाई हराउँदै च्याम्पियन बन्यो ।

यसैगरी छात्रातर्फको बास्केटबल प्रतियोगितामा चेल्सी वर्ल्ड स्कुलले चाँदबाग स्कुललाई फाइनल खेल हराउँदै उपाधि चुमेको छ । यसबाहेक विभिन्न विधामा खेल भएका थिए । उक्त प्रतियोगितामा प्रमुख अत्तिथि नेपाल बास्केटबल एसोसियसनका अध्यक्ष भिमसिंह गुरु, फुटबल प्रशिक्षक चक्र लामा, अत्तरखेलका जोरपाटी-८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ, प्रिन्सिपल छन्दा डोल्मा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार