कक्षा १२ को नतिजा सार्वजनिक : ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुने

दक्ष खबर 15668+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गरी आज नतिजा सार्वजनिक गरेको हो । जसमा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको ।

बोर्डले दुई विषय लागेका विद्यार्थीहरूको लागी ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते गर्ने तयारी गरेको छ । यस वर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । तीमध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपालि ग्रेडवृद्धि परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।

त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६० मा एसएमएस पठाएर पनि हेर्न सकिनेछ ।



प्रतिक्रिया

Rajendra shah ३० श्रावण २०८०, मङ्गलबार

Pohor saal Back lageko student lai feri euta sub ma Ng aaye k hamle grade increment exam dina paauxa ki nai

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार