सरकारले निराशा चिर्दै नागरिककाे दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री प्रकाशमान सिंह

दक्ष खबर 15668+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएकाे निराशालाई कामबाटै चिर्ने र नागरिककाे दैनिकी सहज बनाउने बताउनुभएकाे छ ।

आज काठमाडौं क्षेत्र नं १ मा आयाेजित कार्यक्रममा बाेल्दै उहाँले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताउनुभयाे । अहिलेकाे सरकार विशिष्ट अवस्थामा बनेकाेबारे सबैलाई जानकारी रहेकाे भन्दै उहाँले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताउनुभयाे ।

'सरकारले अहिले समाजमा देखिएकाे  निराशालाई चिर्ने , काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,' उपप्रधानमन्त्री सिंहले भन्नुभयाे , 'सरकार गठनअघि  देशलाई समृद्धिकाे मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएकाे सहमतिकाे जगमा याे सरकार बनेकाे तपाईहरूलाई थाहै छ ।'

आफ्नै निर्वाचन क्षेत्रमा आयाेजित कार्यक्रममा उहाँले  क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएकाे भन्दै मतदाताकाे चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताउनुभयाे । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेकाे र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेकाे बताउनुभयाे । 

अर्काे फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले  जनमतकाे उपेक्षा गर्दै केही दलहरूले  निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई राेक्न बनेकाे कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेकाे  सिंहले पुन दाेहाेराउनु भयाे । कार्यक्रम बागमती प्रदेसका मन्त्री दाेय हरिप्रभा खड्गि र सुरजचन्द्र लामिछाने काे पनि सभागिता रहेकाे थियाे ।

सामाजिक सञ्जाल सन्देश प्रवाहकाे महत्वपूर्ण माध्यम भएपनि दुरूपयाेग भइरहेकाे र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएकाे भन्दै त्यसमा सचेत रहन पनि उहाँले आग्रह गर्नुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार