बेलकोटगढी नगरपालिका-२ का बासिन्दालाई वडाको निशुल्क 'अक्सिजन कन्सनटेटर' सेवा
३२ श्रावण २०८०, बिहीबार
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा -२ का वडा अध्यक्ष रामचन्द्र तिमल्सिनाले वडा बासिँहरूका लागि निशुल्क 'अक्सिजन कन्सनटेटर' सेवा सुचारू गर्नुभएको छ ।
उहाँले वडा -२ भित्र रहेका अति आवश्यक भएका व्यक्तिहरूका लागि हाल चार वटा 'अक्सिजन कन्सनटेटर' मेसिन सञ्चालन गरिएको जानकारी दिनभयो ।
उहाँले हाल वडा भित्र रहेका वासिन्दाहरूलाई अक्सिजनको अति आवश्यक परेमा आफ्नो आवश्यकता अनुसार वडा बाटै 'अक्सिजन कन्सनटेटर' मेसिन लिएर घरमै लगेर सेवा दिन शुरूवात गरिएको बताउनुभयो ।
उहाँले यो मेसिन हाललाई १० लिटरका चार वटा मेसिनहरू रहेको र यसबाटै सेवा सुचारु गरिए पनि आगामी दिनमा यस मेसिनलाई थपेर १० देखि १२ ओटा सम्म पुर्याउने तयारी रहेको तिमल्सिनाले बताउनुभयो ।
वडा अध्यक्ष तिमल्सिनाले, स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य विभागबाट हाललाई चार वटा 'अक्सिजन कन्सनटेटर' मेसिन ल्याइएको र आगामी दिनमा यसलाई थप गरी विभिन्न सेवा सहित समावेश गरिने समेत बताउनुभयो ।
वडाअध्यक्ष तिमल्सिनाले हाल आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको र जसमा चार जना कर्मचारी सहित हाल सञ्चालनमा रहेको सेवालाई अब आफ्नै भवनबाट सुचारु गर्न लागिएको समेत जानकारी दिनुभयो । साथै, उहाँले अत्याधुनिक आयुर्वेद औँषधालय पनि छिट्टै आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा रहेको बताउनभयो ।
अस्पतालको उपचार पश्चात् बिरामीहरूलाई अक्सिजन आवश्यक पर्ने हुनाले यसको सहजताका लागि वडा भित्र रहेका बासिन्दाहरूलाई स्वास्थ्य सेवा दिन आवश्यक ठानेर यस्तो काम गरिएको वडाअध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँले निकट भविष्यमा नै वडा बासिहरूलाई आधारभुत निशुल्क स्वास्थ्य सेवा सुचारु गरिने जानकारी दिनुभयो ।अति आवश्यक पर्दा वडामै आएर समेेत सेवा लिन सकिने तिमल्सिनाले जानकारी दिनुभयो ।