सुबास थापा टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत

दक्ष खबर 7021+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

काठमाडौँ । पत्रकार सुबास थापा टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत भएका छन् । उनलाई  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पुरस्कृत गरेको हो ।   

पर्यटन विधामा समाचार लेख्दै आएका थापालाई टानले आफ्नो ४५औँ वार्षिक साधारणसभा मार्फत ‘टान जर्नालिजम अवार्ड २०२३ बाट पुरस्कृत गरेको हो । संचार क्षेत्रबाट पर्यटन क्षेत्रको प्रचार प्रसारमा ठूलो सघाउ पुग्ने टानले जनाएको छ । 

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली र टानका अध्यक्ष निलहरी बाँस्तोलाले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको हो  ।   सोही थापा हाल एपिवान टेलिभिजनमा कार्यरत छन । यसैगरी, टानले सेतोपाटीका सबिना कार्की र राष्ट्रिय समाचार समिती (रासस) का अच्युत गुराँगाई पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार