प्रकृति लम्सालकाे न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीद्वारा विराेध -याली प्रदर्शन (तस्बिरसहित)

दक्ष खबर 16519+ समाचार ( )
६ माघ २०८१, मङ्गलबार

काठमाडौँ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालकाे न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीहरूले विराेध -याली प्रदर्शन गरेका छन् ।

"प्रकृति लम्सालले न्याय पाऊन् र यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नका लागि हामीले विराेध प्रदर्शन गरेकाे !" नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसका इकाई सभापति विक्रम भण्डारीले बताउनुभयो । 


नेविसंघ पुल्चोक क्याम्पसले आयोजना गरेको विरोध -यालीमा क्याम्पसका विद्यार्थीहरु सहभागी रहेका थिए । -याली पुल्चोक क्याम्पसबाट लबिम मल हुँदै हरिहर भवनबाट पुन: पुल्चोक क्याम्पस डिन कार्यलयमा  सकिएको थियो ।

पुल्चोकका विद्यार्थीले ‘प्रकृतीलाई न्याय दे ’, ‘ जस्टिस् फर प्रकृति’, ‘निष्पक्ष छानबिन गर’ लगायतका प्लेकार्डसहित दबाबमूलक प्रदर्शन गरेका थिए । सोही क्रममा वृहत हस्ताक्षर संकलन समेत गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार