काठमाडौँ । काठमाडौँको तीनकुनेमा रहेको व्यन्जन हाउसमा दुई दिने ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ शुरु भएकाे छ । व्यन्जन हाउसमा आजबाट फेस्टिवल सुरु भएको हो ।
आइतबार र सोमबार चल्ने मेलामा अर्गानिक उत्पादनलाई स्थान दिइएको बताइएकाे छ । अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नको लागि फेस्टिवलको आयोजना गरिएको व्यन्जन हाउसले जनाएको छ ।
फेस्टिवलमा अर्गानिक फुड स्टल, जाडोका कपडाका स्टल, लाइभ फुड स्टल, लाइभ बेकरी, लाइभ गीत संगीतको व्यवस्था रहेको छ ।
फेस्टिवलको अवसरमा व्यन्जन हाउसले रेस्टुरेन्टका परिकारमा १५ प्रतिशत छुट दिएको छ ।