काठमाडौँ । छैठौं शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापनाका सहित समुद्घाटनको लागि सम्बन्धित निकायसँग छलफल गरिएको छ । काठमाडौँ महानगरपालिका ८ गायत्री मार्गमा अवस्थित दुई तल्ले मन्दिरमा ४० वर्षदेखि संरक्षणको अभावमा गौशला प्रहरी वृत्तमा राखिएको मूर्तिलाई मन्दिरमा पुनःस्थापना गर्नका लागि काठमाडौँ महानगरपालिका वडा ८ कार्यालयले सम्बन्धित निकायहरू सँग छलफल गरेको हो ।
काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, “कात्तिक १७ गते मुर्ति पुनःस्थापना सहित २१ गते समुद्घाटनको तयारी गरिएको बताउनुभयो ।“
उहाँले, “छैठौँ शताब्दीमा निर्माण भएको ऐतिहासिक ब्रम्हाको चतुरमुख मुर्तिसहितको मन्दिर १९९० सालको भुकम्पभन्दा अगाडी नै भत्किएको र बाँकी भग्नावशेष मात्र रहेकोले मुर्ति पनि चोरी भै धेरै समय हराएको र धोबीखोलामा भेट्टाएर गौशाला प्रहरी बृतमा ४० वर्षदेखि राखिएको मुर्ति सहितको मन्दिरको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा पुनःनिर्माणका लागि शिलान्यास गरिएको र पुनःनिर्माण सु–सम्पन्न गरी मुर्ति राख्ने र समुद्घाटनको तयारी गरिएको बताउनुभयो ।“
वडाअध्यक्ष संगतले,“१६औँ शताब्दीको पाशुपत क्षेत्रको ऐतिहासिक एव नेपालकै पहिलो पुरातात्विक मुर्तिको संरक्षण पशुपति क्षेत्र विकास कोषले गर्नुपर्ने भएता पनि वडाले पहल कदमी सहित ऐतिहासिकतालाई जोगाएको बताउनुभयो ।“
“सम्पदा संरक्षण एवं ऐतिहासिकता जगेर्ना गर्नका लागि समेत आफुहरू तत्पर रहेको बताउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालने शाहबाट समुद्घाटनको तयारी अन्तिम चरणमा पुगेको संगतले बताउनुभयो ।“ संगतले,“पञ्चाङ्ग निर्णायक समितिले दिएको तिथि मिति अनुसार नै मुर्तिको पुनःस्थापना र समुद्घाटन गर्न लागिएको बताउनुभयो ।“
पुरातत्त्वविद् सुशील कुमार गौतमले,“ऐतिहासिक सम्पदाहरूको इतिहास डिलिट गर्ने होइन इडिट गरेर संरक्षण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।“ उहाँले, हरेक स्थानीयहरूले ऐतिहासिक कामका लागि नितिगत कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । गौतमले,“१५ सय वर्ष अर्थात् छैठौं शताब्दीको मन्दिरको मुर्ति ४० वर्षदेखि प्रहरी चौकी परिसर राखिएको र यसलाई विधिपूर्वक जगेर्ना गर्न वडाले विशेष पहल गरेको बताउनुभयो ।“
उहाँले,’पाशुपत क्षेत्रमा १०औँ शताब्दीको ब्रह्मेश्वर महादेव पशुपतिनाथ परिसरमा रहेको र यसपछि धार्मिक पर्यटनको हिसाबले यस ब्रह्मा मन्दिरलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।’
पुरातत्व विभागका प्रतिनिधिले,“ऐतिहासिक सम्पदालाई संरक्षण गर्दै विनाश तर्फ भन्दा पनि आफुहरू भएको सम्पदालाई संरक्षण गर्नतर्फ अग्रसर भएको बताउनुभयो ।“
त्यस्तै, स्थानीय श्याम कृष्ण संगतले,“ब्रह्मा मन्दिरको ऐतिहासिकता सँगसँगै यसको सकारात्मक र नकारात्मक दुवै पक्षलाई संरक्षण गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।“
छलफलमा काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, वडासदस्यद्वय सरस्वती राज भण्डारी, सलोनी ओडारी, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रतिनिधि, पुरातत्व विभाग, पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण विभागका प्रतिनिधि, पुरातत्व अधिकृत, गौशाला प्रहरी वृत्तका प्रतिनिधि, स्थानीय संघ संस्थाहरू, बुद्धिजीवीहरू सहित स्थानीयहरूको सहभागीता रहेको थियो ।
#ब्रह्मा #इतिहास #मन्दिर #नेपाल #पशुपतिक्षेत्र
प्रहरी कार्यालय बाट पुजा आजा गरि खटमा बिराजमान गराई वडामा उपलब्ध भए सम्म का बाजागाजा सहित प्राचीन गोल टोलहरू प्रदक्षिणा गरी बिधि बिधान अनुसार मन्दिर प्रवेश गराउन सके कसो होला ? मेरो जिज्ञासा।