सत्तारुढ गठबन्धनको बैठक दिउँसो पुनः बस्न

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक दिउँसो पुनः बस्ने गरि स्थगित भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक दिउँसो २ बजे पुनः बस्ने गरि स्थगित भएको हो ।
दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको भए पनि कुन मन्त्रालय कुन दलले लिने भन्नेमा दलहरू सहमतिमा पुग्न सकेका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जानुपर्ने भएकोले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा दलहरूले विस्तृतमा छलफल गर्न नभ्याइएको बताएका छन्।भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास लगायतका विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल चितवन जानु भएको छ ।
प्रधानमन्त्री दाहाल चितवनबाट फर्केपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्ने तयारी भएको हो ।