काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान ७ः५० बजे सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयाे ।
उहाँका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उहाँलाई सकुशल उद्धार गरिएको बताउनुभयाे । अहिले उहाँलाई कैलास एयरको हेलिकोप्टर मार्फत लुक्ला ल्याइसकिएको कुँवरले जानकारी दिनुभयाे । पाइलट खड्का भक्तपुरका स्थानिय बासिन्दा हुनुहुन्छ ।