काठमाडौँ महानगरपालसकाद्वारा इन्द्रजात्रामा यस वर्षदेखि पुजासहित परम्परागत नृत्य प्रदर्शन

दक्ष खबर 15660+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

काठमाडौँ । यँयाः (इन्द्रजात्रा) का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ ।

यस क्रममा काठमाडौँ महानगरपालिकाले आज सव: भकु, पुलुकिसि, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्‍यो । कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्शकका रुपमा  सहभागिता जनाउनुभयो । 

कार्यक्रम यँया ११४४ महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले आयोजना गरेको थियो । प्रमुख शाहसँग पुलुकिसि नृत्यमा प्रवक्ता नविन मानन्धर र मूल समारोह समितिका संयोजक आशामान संगत सहभागी हुनुभएको थियो । 

यस अवसरमा उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई आमन्त्रण गरिएको थियो । नृत्य अवलोकनका लागि महानगरपालिकाका नगर सभा सदस्यहरु, कर्मचारीहरु, परम्परागत नृत्यका गुठियारहरु र जनसाधारणको बाक्लो उपस्थिति थियो ।

सोही अवसरमामा हातमा चिराक लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पुलुकिसि नृत्यमा पथप्रदर्शक समेत गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार