काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व नेता रमेश खरेलले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा प्रतिवादी नबनाइनु कानुनि राज्यको उपहास भएको टिप्पणी गर्नु भएकाे छ ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै खरेलले लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाँहुदै उहाँलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको बताउनु भएकाे हाे ।
उहाँले सामाजिक सञ्जालमा यस्ताे लेख्नु भएकाे छ, 'गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन् ।'