चलचित्र विकास बोर्डकाअध्यक्ष दिनेश डिसीद्वारा पदभार ग्रहण 

दक्ष खबर 15610+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गर्नुभएको छ ।

आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गर्नुभएको बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीले जानकारी दिनुभयो । 

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिनुहुन्छ ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार