काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेन-जी प्रतिनिधिहरु छनोटमा विभेद गरेको भन्दै केही जेन-जीहरुले असन्तुष्टि जनाएका छन् ।
शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेन-जी युवाहरुले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए ।
जेन-जीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेन-जीसँग बैठक सोमबारलाई सारेका हुन् ।