गृहमन्त्री रवि लामिछानेको सम्पत्ति : ८० तोला सुन, चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म

दक्ष खबर 13025+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । यही जेठ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

रास्वपा सभापतिसमेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरणअनुसार उहाँको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेकाे छ । यो जग्गा पैतृक सम्पत्ति भएको उहाँले उल्लेख गर्नुभएकाे छ ।

उहाँकी पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ–८ मा ५ आना जग्गा रहेकाे  छ । पारिश्रमिकबाट उक्त जग्गा ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ । यस्तै, काठमाडौं–७ मा निकिताको नाममा १० रोपनी (सगोलमा) जग्गा रहेको पनि विवरणमा उल्लेख छ ।

लामिछानेले करिब ८० तोला सुन, चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख गरेका छन् । उहाँकाे बैंक बचत एक लाख १० हजार र पत्नी निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम रहेका उल्लेख छ ।

यस्तै, निकिताको नाममा ८ करोड ७५ लाख बराबरको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको, चार वर्ष पहिले घर किन्न एक करोड ५० लाख बैंकबाट कर्जा लिएको, २०७९ सालमा निकिताको नाममा ४२ लाख रुपैयाँमा कार किनेको विवरणमा उल्लेख छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार