संगठनलाई व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको हो : गृहमन्त्री

दक्ष खबर 15672+ समाचार ( )
२७ पौष २०८१, आइतबार

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा विरोधको सूचनाउपर जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । प्रहरी संगठनको व्यवस्थापनको लागि गहिरो अधययन र छलफल गरी परिपक्व ढंगबाट विधेयक ल्याइएको उहाँको भनाइ छ ।

उहाँले विधेयक नेपाल प्रहरी सेवालाई संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिवद्ध, व्यवसायिक र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती, सुरक्षा तथा सुव्यवस्था कायम गर्न र उपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनिय भएको बताउनु भएको बताउनु भयो । विधेयकमा भएका त्रुटिहरुलाई संसदबाट परिमार्जन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अब पनि हतार भयो भन्दै कानून बनाउन ढिलाई गर्न नहुने बताउनु भयो । 

गृहमन्त्री लेखकले भन्नुभयो, ‘यो विधेयक परिपक्व ढंगले गम्भिर रुपले छलफल गरेर सोचविचार गरेर समयसापेक्ष रुपले आएको हो । माननीयज्युले अपराधको अनुसन्धान गर्ने कुरा प्रश्तावनाबाटै हरायो भन्नुभयो । नेपाल प्रहरी सेवालाई नेपालको संविधान, प्रचलित कानून तथा मानव अधिकारप्रति प्रतिवद्ध, व्यवसायिक र प्रभावकारी बनाउँदै अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती, सुरक्षा तथा सुव्यवस्था कायम गर्न र उपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न वाञ्छनिय भएकोले भनेर प्रश्तावना गरिएको छ । नेपाल प्रहरी सम्बन्धी ऐन २०१२ सालमा जारी भयो । हामीले अहिलेसम्म हरु कुनै कानून बनाएनौं । अदालतले आदेश गरेको पनि ११ वर्ष भइसकेकोले हतार र सुविचारिक छैन भन्न मिल्दैन । यो आजको आवश्यकता हो । समयसापेक्षता हो । थप परिमार्जन गर्ने कुरा संदनबाट हुन्छ । यसमा सदनले गरेको परिमार्जन गर्न स्वीकार गर्न सरकार तयार छ । सुधार गर्नुपर्ने कुराहरु गर्न सकिन्छ । तर छलफल भएको छैन भन्ने कुरा एकदम गलत हो । मैले मन्त्रालय सम्हालेकै दिन एउटा घोषणा गरेको थिए । मेरो प्राथमिकता भनेको नीति र कानून सुधार हो । त्यसअन्तर्गत यो विधेयक पनि पर्छ ।’

सरकारको पहिलो प्राथमिकता नीति र कानूनमा सुधार रहेको उहाँको दाबी छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार