काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महतले नेपाली राजनितीमा सकारात्मक बैचारिक विचारको अभाव भएको बताउनुभएको छ ।
हाम्रो नेविसंघ संगठित र प्रशिक्षित नेविसंघ को आयोजनामा कैलाशकुट बहुमुखी क्याम्पस जयबागेश्वरीमा आज आयोजित कार्यक्रममा नैतिक मुल्य मान्यता प्रबर्द्धनमा विद्यार्थी राजनितीको भूमिका विषयक विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले, 'नेपाली समाजमा युवाहरूको भुमिका माथि पछिल्लो समय प्रश्नचिह्न खडा भएको समेत बताउनुभयो ।' उहाँले अहिलेका विद्यार्थीको गुणस्तरीयतामा शैक्षिक क्षेत्र देखि नै गुणस्तर खस्किदैँ आईरहेको बताउनुभयो ।
उहाँले ८० प्रतिशत विद्यार्थीको भुमिका भनेको सकारात्मक पढाई रहेको बताउनुभयो । उहाँले, आफु नै ग्रेडिङ सिस्टमको कुरा उठाउने व्यक्ति भएको बताउदैँ उहाँले, आफुले गलत गरेकी भन्ने प्रश्न पनि खडा भएको उहाँले बताउनुभयो ।
उहाँले विश्वविद्यालयमा खुल्ला रूपमा उपकुलपति नियुक्तिको कुरा उठाएको पनि उहाँल बताउनुभयो । जनता र विद्यार्थी एकापसमा अन्योन्याश्रीत सम्बन्धलाई अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।
महतले कुनै पनि संघ संस्थामा विद्यार्थीको उपस्थिति निकै महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि सहित नेविसंघका विभिन्न नेताहरूको उपस्थिति रहेको थियो ।