काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयाे ।
उहाँले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताउनुभयाे ।