गणेश देवकोटा (जीडी) को 'पहाडको छोराे' गीत सार्वजनिक (भिडियोसहित)

दक्ष खबर 16544+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

काठमाडौँ । सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा (जीडी) ले 'पहाडको छोराे' गीत सार्वजनिक गरेका छन् । फैजी फिल्म प्रडक्सनले तयार पारेको 'पहाडको छोरो' गणेश (जीडी) युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो । 

गीतपछि बोल्दै गणेश देवकोटा (जीडी) ले, " आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर 'पहाडको छोरो' गीत सार्वजनिक गरिएको बताउनुभयो ।" उहाँले, "आफ्नो जीवनको कथा संघर्ष र सफलताको कथालाई गीतमा समावेश गरिएको बताउनुभयो ।" गीतले आफ्नो युट्युवको जर्नी यात्रा शुरूवातदेखि  आजसम्मको यात्रालाई समावेश गर्दै सार्वजनिक गरिएको बताउनुभयो ।

रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको (जीडी)ले बताउनुभयो।उहाँको युट्युव च्यानलमा मनोरञ्जन लगायत विभिन्न विधाका भिडियोहरू रहेको छ । गणेश (जीडी) युट्युब च्यानलमा मंगलबार सार्वजनिक गीतमा हालसम्म चालीस हजार पटक हेरिसकिएको छ । 

उक्त गीतको शव्द संरचना गणेश (जीडी) को रहेको छ भने जीडी प्रडक्सनले तयार पारेको 'पहाडको छोरो' को निर्देशन विवेक मगरले गर्नुभएको हो । भिडियोमा सिनेम्याटोग्राफर यौढिन योञ्जन रहनुभएको छ ।

गीतको बोलले जीवनको संघर्षदेखि सफलताको कथालाई प्रस्तुत गरेको छ भने, हिजो हेर यस्तो थिए म आज कस्तो छु? कस्तो भए भन्ने कुराहरू प्रस्तुत गरिएको छ । करिब ५ मिनेट हाराहारी रहेको भिडियोले संघर्ष गर्दै गयो भने एकदिन अवस्य सफल भईन्छ भन्ने कुरालाई प्रस्तुत गरेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार