जुम्ला । जुम्लामा रारा अल्ट्रा म्याराथनको छैटौँ संस्करण सुरु भएको छ । ५१ किलोमिटर दौड प्रतियोगिताको आज बिहान देश तथा विदेशका गरि जम्मा ५९१ जना खेलाडीहरूका साथ सुरू भएको हो ।

कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीका अनुसार पाेल्याण्डका १, अमेरिकाका १, फ्रान्सका १, भारतका २ जना खेलाडी सहभागी रहेका छन् । सबैभन्दा ठुलाे ५१ किलाेमिटर दुरीकाे प्रतियाेगितामा ७४ जना खेलाडी सहभागी भएका छन् ।
५ किमी दाैड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी सहभागी छन् । १० कि.मी. दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट २ जना गरि कूल ५ सय ९१ जना खेलाडीले प्रतियाेगितामा भाग लिएका छन् ।
पाँचथर, काठमाडौँ, नुवाकाेट, चितवन, बाँके, सप्तरी गरी १० वटा जिल्लाका प्रतियाेगितामा भाग लिएका छन् । चार ठाउँमा चेकिङ प्वाईन्ट राखिएकाे छ । चेकिङ प्वाईन्ट खाली पाटन, चाैथा, डाव, चुचेमारा बेस क्याम्प, चुचेमारा टप चेकिङ प्वाईन्ट ताेकिएकाे छ भने, दविदत्त गणले स्वयंमसेवककाे रुपमा सहयाेग गरेकाे छ ।
जुम्लाको चन्दननाथ मन्दिर अगाडिबाट सुरु भएको दाैड खाली पाटन, चाैथा,डाव, चुचेमारा हुदैँ रारातालकाे मुटुसम्म पुगेर समापन हुनेछ ।