काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १३औँ नगर सभामा नगर प्रमुख दिपक रिसालले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रम नगरबासीलाई सरल सहज एवं गुणस्तरीय सार्वजनिक सेवा प्रवाहलाई पहिलो प्राथमिकता रहेकाे नगर प्रमुख दिपक रिसालले बताउनुभयाे । यसैगरी दीर्घकालिन विकासका लागि विभिन्न योजना तथा कार्यक्रमलाई नीति तथा कार्यक्रममा समाबेश गरिएकाे नगर प्रमुख दिपक रिसालले बताउनुभयाे ।
सुरक्षित एवं सुव्यवस्थित सहर निर्माणका लागि योजनाबद्ध सहरिकरण गर्ने नीति सहित योजनाबद्ध सहरिकरणको नीति नगरपालिकाले सुधार गर्नुपर्ने क्षेत्रको रुपमा समेटिएको १३ औं नगर सभामा प्रमुख दिपक रिसालले बताउनुभयाे । यसैगरी नगरपालिकाले सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोगलाई गर्ने र स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी गोकर्णेश्वर नगरपालिकालाई बस्न योग्य सहर बनाउने ध्येय रहेको नगर प्रमुख दिपक रिसालले बताउनुभयाे ।
नीति तथा कार्यक्रममा नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखि स्वास्थ्य विमा, निःशुल्क उपचार, घर दैलोमा स्वास्थ्य सेवा र विशेषज्ञ सेवा नगरपालिकाको प्राथमिकताको क्षेत्रमा रहेकोले स्वास्थ्य सेवा प्रति नागरिकहरुको विश्वसनियता अभिवृद्धि भएको महशुस भएकाले १३ औं नगर सभाबाट पनि नीति तथा कार्यक्रममा यसलाई निरन्तरता दिइएको नगर प्रमुख दिपक रिसालले बताउनुभयाे । जनतासँग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ ।
भौतिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, उद्यमशिलता विकास, कृषिको उत्पादन वृद्धि, भाषा कला साहित्य संस्कृतिको संरक्षण, पर्यटन पर्वद्धन, सामाजिक सशक्तिकरण तथा रोजगारमूलक तालिम लगाएतका विषयलाई केन्द्रबिन्दुमा राखि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । नगरपालिकाले यस वर्ष पनि विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समेटेको नगर प्रमुख दिपक रिसालले बताउनुभयाे ।
गोकर्णेश्वर नगरपालिका वडा - ६ जोरपाटी चोक स्थित जग्गामा आवश्यक खरिद प्रकृया अवलम्बन गरी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य प्रारम्भ गर्ने कार्य यस पटकको नीति तथा कार्यक्रममा पूर्वाधार तथा शहरी विकास सम्बन्धी नीतिमा पहिलो बुँदामा राखिएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा-४ स्थित जग्गामा निर्माण शुरु भएको गोकर्णेश्वर नगरअस्पतालको निर्माण कार्य उच्च प्राथमिकताका दिएको छ । माईतिनेपाल पाखाथोक हुँदै नयाँपाटी जोड्ने सडक बहुवर्षीय योजना अन्तर्गत राखी क्रमश निर्माण गरिने छ भने बहुवर्षीय योजनामा ओखेनी, मुलखर्क र कुनेको सडक ढलान, वडा नं १ को ओखेनी, मुलखर्क र कुनेको बाटोलाई बहुबर्षिय योजनामा राखी ढलान गर्दै लगिने ।
गोकर्णेश्वर नगरपालिका वडा -८ माकलवारीमा निर्माणाधिन मोटरेवल पुललाई निरन्तरता दिई यसै आ.व.मा निर्माणकार्य सम्पन्न गर्नका लागि यथोचित श्रोतको सुनिश्चिता गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । गोकर्णेश्वर नगरपालिका वडा १, २ र ३ माथिल्लो क्षेत्रलाई शिवपुरी राष्ट्रिय निकुञ्जबाट आउने पानीको श्रोतको समुचित उपयोग मार्फत खानेपानीको व्यवस्था गरी एक घर एक धाराको अभियान पुरा गर्ने प्रतिबद्धता ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिका वडा नं १, २, ३ को तल्लो क्षेत्र र वडा - ४ लाई सुन्दरीजलको पानी र वडा - ५ देखि ९ सम्मको क्षेत्रलाई मेलम्ची खानेपानीको व्यवस्थाको लागि पि.आई.डि. सँग सम्झौता गरि खानेपानीको व्यवस्था मिलाईने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ ।
नगरपालिकामा स्थायी ठेगाना भई नागरिकता वा मतदाता परिचयपत्र भएका ६५ वर्ष देखि माथिका स्थायी नगरबासीहरुलाई अर्थोपेडिक अस्पताल र शंकरापुर अस्पतालमा उपचार गराउदा रु एक लाख सम्ममा ७० प्रतिशत र ६५ बर्ष भन्दा मुनिका स्थायी नगरबासीहरुलाई ६० प्रतिशत छुटमा उपचार सेवा उपलब्ध हुने गरी व्यवस्था गरिएकाे छ ।
आम्दा नेपाल, गृहिणी महिला संघ नेपाल र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा स्तन क्यान्सर र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाईने नगर प्रमुख दिपक रिसालले बताउनुभयाे । “नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रम” संचालन गरी एऋी नर्सिङ्ग पढनेलाई ५० प्रतिशत छात्रवृति उपलब्ध गराईनेछ । ५०% लागत साझेदारीमा कृषि यान्त्रीकरण कार्यक्रमलाई निरन्तरता दिईने बताइएकाे छ ।
महिला, दलित, विपन्न र अपाङ्गता भएका व्यक्तिहरु लगायत लक्षित वर्गका लागि सशक्तिकरणका लागि सिपमूलक तथा रोजगारमूलक तालिमहरु उपलब्ध गराईने जनाइएकाे छ । संघिय सरकारको नीति अनुरुप परम्परागत मदिरालाई ब्रान्डिङ्ग गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिने बताइएकाे छ ।
विपन्न तथा असहाय नागरिकहरुलाई आवश्यक कानूनी सेवा निशुल्क प्रदान गरिने जनाइएकाे छ । गोकर्णेश्वर नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधामा सेवाग्राहीको सरल र सहज पहुँच कायम गर्न हेल्पडेस्क स्थापना गरिनेछ ।