बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
१६ वैशाख २०८१, आइतबार
जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बझाङ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ ।
प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको नौ मतप्राप्त गर्नुभएको छ भने २८ मत बदर भएका छन् ।