संविधानमा भएका कमजोरी हटाउनका लागि राजनीतिक स्थायीत्व आवश्यक छ : उपप्रधानमन्त्री सिंह

दक्ष खबर 15672+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानमा भएका कमीकमजोरी सच्याउनका लागि राजनीतिक स्थायीत्व आवश्यक रहेको बताउनुभएको छ । 

आज ‘ट्रान्सफरिङ नेपाल ब्यालेन्सिङ ग्रोथ विद् इक्युटी’ नामक पुस्तक विमोचन गर्दै उहाँले राजनितिक स्थायीत्वमा जोड दिनुभयो ।

उहाँले संविधानसभाबाट संविधान बन्दाको अवस्था विर्सन नहुने भन्दै तत्कालिन समयको सहमतिको दस्तावेजका रुपमा संविधान आएको बताउनुभयो । पुस्तक पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यले संयुक्त रुपमा लेख्नुभएको हो ।

‘संविधानसभाबाट संविधान जारी गर्दाको पृष्ठभूमि बुझ्न जरुरी छ । २ पटक संविधानसभा विघटन भएको यथार्थ विर्सनुभएन,’ उहाँले भन्नुभयो,‘संविधान सहमतिकै दस्तावेज हो । हामीले बनाएको संविधानमा भएको कमीकमजोरी हामीले नै हटाउने हो । त्यसका लागि पोलिटिकल स्ट्याबिलिटि जरुरी छ ।'

कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान संशोधनको विषय उठाएपछि उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।उहाँले आज विमोचन भएको पुस्तकले देशले लिइरहेको आर्थीक नीतिको गहिरो अध्ययन गरेको भन्दै नेपालको समग्र अर्थतन्त्रलाई राम्रो बनाउने आधार खोज्न पुस्तकले बाटो देखाउने बताउनुभयो । 

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द् पाण्डे, अर्थविद् अच्युत वाग्लेले पुस्तकका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार