जयवागेश्वरी युवा क्लवमा नि:शुक्ल स्वास्थ्य शिविर सम्पन्न, ९५ जनाले लिए लाभ

सुजन तिमल्सिना 23+ समाचार ( )
१७ आषाढ २०८०, आइतबार


काठमाडौँ । लायन्स वर्ष शुभारम्भको (जुलाई १) का अवसरमा जयवागेश्वरी युवा क्लवमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नि: शुक्ल स्वास्थ्य शिविरबाट करिब ९५ जना सर्वसाधारणले  स्वास्थ्य लाभ गरेको लायन्स क्लब अफ काठमाडौँ पशुपतिनाथ जिल्ला ३२५ ई का अध्यक्ष प्रविन गिरीले जानकारी दिनुभयो ।

उहाँले हरेक शनिबार जयवागेश्वरी युवा क्लवमा नि:शुक्ल स्वास्थ्य शिविर आयोजना हुँदै आईरहेको र त्यसैको निरन्तरका लागि लायन्स क्लब अफ काठमाडौँ पशुपतिनाथ जिल्ला ३२५ ईले सहकार्य गरेको उहाँले बताउँनुभयो ।

त्यस्तै, जयवागेश्वरी युवा क्लवका अध्यक्ष रजीश श्रेष्ठले, " नि:शुक्ल स्वास्थ्य शिविरबाट दैनिक रूपमा धेरै जनसमुदायहरूले स्वास्थ्य लाभ लिइरहेकाले यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउँन लायन्स क्लव सँग सहकार्य गरिएको बताउनुभयो ।


जयवागेश्वरी युवा क्लब, लायन्स क्लब अफ काठमाडौं पशुपतिनाथ र चिफ डायबेटिज, लायन जयन श्रेष्ठ एमजेएसको आयोजनामा नेपाल भारत मैत्री अस्पतालको सहकार्यमा नि:शुक्ल स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

लायन्स क्लब अफ काठमाडौँ पशुपतिनाथ जिल्ला ३२५ ईका नवनिर्वाचित अध्यक्ष प्रविन गिरीको नयाँ कार्यकाल शुभारम्भ भएको अवसरमा स्वास्थ्य शिविरलाई निरन्तरता दिइएको हो ।

सोही अवसरमा लायन्स क्लबले पशुपतिनाथ मन्दिर परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त रक्तदानमा करिव ३० जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

नि: शुक्ल स्वास्थ्य शिविरमा व्लड प्रेशर, ब्लड सुगर र जनरल स्वास्थ्य परिक्षण गरिदैँ आइरहेको छ । नि:शुक्ल स्वास्थ्य शिविर  हरेक शनिवार बिहान ७ बजेबाट ९ बजेसम्म जयवागेश्वरीमा आयोजना हुदैँ आइरहेको छ भने, रक्तदान कार्यक्रम पशुपतिनाथ परिसर सिर्जनशील युवा क्लब अगाडि विहान ८ बजेबाट १२ बजेसम्म हुदै आईरहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार