पशुपतिनाथ परिसरमा बाला चतुर्दशीका अवसरमा दथु त्वा: बाज खल:द्वारा चिया वितरण

दक्ष खबर 15668+ समाचार ( )
२६ मंसिर २०८०, मङ्गलबार


काठमाडौँ । आरध्यदेव पशुपतिनाथ परिसरमा बाला चतुर्दशीका अवसरमा दथु त्वा: बाज खल:ले नि:शुक्ल चिया वितरण गरेको छ । 

देशका विभिन्न स्थानबाट दिवङ्गत पितृको सद्गतिको कामना  गर्दै पितृको सम्झनामा महादीपदान गरी बसेका भक्तजनलाई नि:शुक्ल चिया वितरण गरेको हो ।


त्रयोदशीको दिन दिउँसो साढे दुई बजेदेखि बालाचतुर्दशीको दिन बिहान सात बजेसम्म करिब ८ सय लिटर दूधको चिया २५ हजार कप वितरण गरिएको सचिव श्रीकृष्ण डंगोलले जानकारी दिनुभयो ।    


यसै अवसरमा दथु त्वा: बाज खल:ले नि:शुल्क  चिया, हलुवा  वितरण, व्यवस्थापनमा सेवा पुर्याउँदै आइरहेको बताउदैँ  सचिव डंगोलले सो सेवालाई निरन्तरता दिने बताउनुभयो ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार