त्रिभुवन विश्वविद्यालयले माघ १५ देखि अनलाइन प्रणालीमार्फत सेवा दिने

दक्ष खबर 13511+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीमार्फत सेवा दिने भएको छ । परीक्षा नियन्त्रण कार्यलय बल्खुले आगामी माघ १५ गतेदेखि अनलाइन माध्यमबाट सेवा प्रदान गर्ने भएको हो ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको म‌लगलबार बसेको बैठकबाट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु प्रदान गर्ने भएको हो ।

ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका प्रमा‌‍णपत्रहरु अनलाइन माध्यमबाट ई पेमेन्टको सुविधासहित सेवा प्रदान गर्ने त्रिविले जनाएकाे छ ।

उक्त सेवाहरु २०८० माघ १५ गते सोमवारदेखि संचालन गर्ने निणर्य भएको पनिकाले जनाएको  छ । अनलाइसेवाको कार्यान्वयन विधिको विस्तृत जानकारी माघ १० गतेका दिन कार्यलयको वेवसाइटमा राखिने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार