स्काउटलाई ७५३ नगरपालिकामै पुर्‍याउनुपर्छ : खेलकुदमन्त्री तेजुलाल चौधरी

दक्ष खबर 15672+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

काठमाडौँ ।  युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐन बनाउन पहल गर्ने बताउनुभएको छ ।मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनु भएको हो । 

उहाँले, 'स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावितअवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ।'

उहाँले देश संघीय संघरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरणगर्नुपर्नेमा जोड दिनुभयो । 'स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजाउनुपर्छ । ७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्रनिर्माणमा थप मद्दत मिल्छ' उहाँले भन्नुभयो ।  

मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवानसंस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्‍यक्त गरे । उहाँले, 'अहिले बालबालिका रयुवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमाह्रास आइरहेको छ।स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ।'

स्काउटले प्राकृतिक प्रोकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्‍दै मन्त्री चौधरीलेस्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताउनुभयो । 

'स्काउट अहिले ७ दशमा पारगरिसकेको छ। चाँडै नै शाताब्दी मनाउने मोडमा आइपुगेको छ,' उहाँले भन्नुभयो, 'स्काउटकोलक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु ।' उहाँले स्काउटलाई अन्तराष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ-आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार