काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महानगर समिति काठमाडौं महानगरपालिकाद्वारा प्रकाशित "काठमाडौं शिक्षक सौगात २०८०" को विमोचन गरिएकाे छ ।
कार्यक्रम कार्यक्रम सासद योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न भएको हाे । कार्यक्रम महानगर समितिका अध्यक्ष माधब प्रसाद ओलीको अध्यक्षतामा भएको थियो ।
नन्दि मा. वि. नक्सालमा सम्पन्न विमोचन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पुर्व केन्द्रीय अध्यक्षहरु बाबुराम थापा, बाबुराम अधिकारी, लक्ष्मण शर्मा, वर्तमान महासचिव हंस शाहि, पुर्व उपाध्यक्ष विष्णु पोखरेल, वागमति प्रदेश अध्यक्ष नीर बहादुर कार्की, केन्द्रीय सदस्य केशव भट्टराई, केन्द्रीय पार्षद तुलाराम ढकाल, जिल्ला अध्यक्ष डिल्ली प्रसाद शर्मा, काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायत महानगरपालिकामा कार्यरत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले सचिव एव सासद योगेश भट्टराईले, "शिक्षा ऐनको काम केपि ओली प्रधानमन्त्री हुदाँ नै निकै अगाडि बढिसकेको स्मरण गर्दै उच्च स्तरिय शिक्षा आयोगले दिएका सुझावलाई टेकेर नै शिक्षा ऐन आउने बताउनुभयो ।"
हाल शिक्षामा रहेका यावत समस्याहरु समाधान गर्न संङ्घिय शिक्षा ऐन आवश्यक रहेको वताउदै शिक्षा ऐनमा शिक्षकका हकहित सुनिश्चित गर्न आफ्नो पार्टिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै शिक्षक संगठनका केन्द्रीय महासचिव हंस बहादुर शाहिले शिक्षकहरु माथि सरकारको हेपाहा प्रवृति नरोकिए संगठन कडा आन्दोलनमा उत्रने बताउनुभयो।
शिक्षक सङ्गठनका आफ्ना सङ्गठनात्मक गतिविधि तथा काठमाडौं महानगर भित्र कार्यरत सबै शिक्षक कर्मचारिको विवरण समाबेश गरेर प्रकाशित यस प्रकाशन शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्र सग सरोकार राख्ने सबैलाई बहुउपयोगि हुने सङ्गठनका सचिव गणेश गुरागाईले बताउनुभयो।
सङ्गठनले आगामि दिनहरुमा पनि यस्ता रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिने संगठनका अध्यक्ष माधवप्रसाद ओलीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।