अर्थमन्त्री विष्णु पौडेल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता
२८ श्रावण २०८१, सोमबार
अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता, चालु आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भारतीय विदेश सचिव मिस्री दुईदिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुग्नुभएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।