कामपा-८ का विभिन्न ठाउँबाट बालबालिकाहरूलाई पोलियो थाेपा खुवाइदैँ

दक्ष खबर 13025+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ ले पाँच वर्षमुनिका बालबालिकाहरूलाई पोलियो रोग विरूद्ध पोलियो थाेपा खुवाइने ‍भएको छ । 

कामपा ८ भित्रका विभिन्न आठ ठाउँबाट बुधबार ९ गतेदेखि १२ गते शनिबारसम्म खोप केन्द्र तथा स्वास्थ्य संस्थाहरूबाट पोलियो रोग विरूद्ध बालबालिकाहरूलाई पोलियो थाेपा खुवाउन लगिएकाे हाे।

काठमाडौँ महानगरभित्र पोलियोको जिवाणु देखा परेकाले यस विरूद्ध सचेतता अपनाउन पोलियो थाेपा खुवाउने अभियान वडाका विभिन्न आठ ओटा स्थानबाट सञ्चालन गर्न लागिएको वडाअध्यक्ष आशामान संगतले बताउनुभयो ।

उहाँले, वडाभित्रको तिलगंगा, उमाकुण्ड, पिंगलास्थान, नवाली टोल, खरिबोट, पञ्चकन्या टोल, पशुपति बत्छलेश्वरी डवली, सुमार्गी भवन अगाडिको गेट र वडाभवनबाट पाँच वर्षमुनिका कम उमेरका बालबालिकालाई पोलियो थाेपा खुवाउने कार्यक्रम रहेको बताउनुभयो । 

त्यस्तै उहाँले डेगींको समस्या पनि देखिएकाले यसबाट बच्न वडाबासीहरूलाई आग्रह गर्नुभयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार