प्रधानमन्त्रीले चैत १८ गते बस्ने संसद् बैठकलाई सम्बोधन गर्ने
१५ फाल्गुन २०८१, शनिबार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।
संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा उहाँले सम्बोधन गर्नुहुने भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।